शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बानियाँको नाम समाचारमा जोडिएकामा काङ्ग्रेसको आपत्ति

आइतबार, १० कात्तिक २०७६, १८ : ०६
आइतबार, १० कात्तिक २०७६

काठमाडौं– नेपाली काङ्ग्रेसले केही सञ्चारमाध्यमले ‘जुवा खालबाट पक्राउ’ सम्बन्धी समाचारमा बिनाआधार पूर्वगृहराज्यमन्त्री एवम पार्टीका नेता इन्द्रबहादुर बानियाँको नाम उल्लेख गरेको भन्दै आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सत्यतथ्य नबुझी कुनै पनि व्यक्तिको इज्जत प्रतिष्ठामा आँच आउने गरी समाचारमा नाम उल्लेख गर्नु दुःखद् भएको उनले बताए । साथै उनले तथ्यमा आधारित भएर समाचार प्रकाशन गर्न आग्रह गरे । प्रवक्ता शर्माले यस्ता घटनाको कानूनी उपचारमा नजाने भए पनि सम्बन्धित व्यक्ति कानूनी उपचारमा जाने विषयलाई भने पार्टीले सकारात्मक रुपमा लिने बताए ।

पत्रकार सम्मेलनमा प्रदेश नं ३ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका बानियाँले सत्यतथ्य नबुझी समाचारमा नाम उल्लेख गर्दा आफ्नो चरित्रहत्या गर्ने काम भएको बताए । उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले कुनै सञ्चारमाध्यमको गल्ती र कमजोरीका कारण सम्पूर्ण सञ्चारजगत्ले नै विश्वास गुमाउने अवस्था सिर्जना हुने बताए ।

नेता बानियाँले उक्त सञ्चारमाध्यमलाई सो गल्ती सच्याउन आग्रह गर्दै अन्य सञ्चारमाध्यमले समेत सत्यतथ्य नबुझी सो समाचार नक्कल गरेकामा दुःख व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप