दुई पेनाल्टी मिस गरेपनि युनाइटेड विजयी
एजेन्सी । दुईवटा पेनाल्टी मिस गरे पनि म्यान्चेस्टर युनाइटेडले गत फेब्रुअरी पछि घरेलु मैदानबाहिर पहिलो जीत निकालेको छ । युनाइटेडले नर्विच सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २१ औँ मिनेटमा स्कट म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । यो गोल म्यान्चेस्टर युनाइटेडको प्रिमयिर लिगमा २ हजारौँ गोल थियो । यो उपलब्धि हासिल गर्ने युनाइटेड पहिलो टोली बनेको छ ।
त्यसपछि युनाइटेडले विवादास्पाद पेनाल्टी पायो । तर, मार्कस रासफोर्डको प्रहारलाई टिम क्रुलले बचाउ गरे ।
लगत्तै, रासफोर्डले नै युनाइटेडले अग्रता दोब्बर बनाए । पहिलो हाफ सकिन लाग्दा एन्थोनी मार्सियालले अर्को पेनाल्टी गुमाए ।
खेलको ७३ औँ मिनेटमा मार्सियालले नै युनाइटेडको तेस्रो गोल थपे ।
ओनियल हर्नान्डेजले खेल सकिन लाग्दा नर्विचका लागि सान्तवना गोल गरे ।
जीतले युनाइटेडलाई ठूलो राहत मिलेको छ । १० खेलपछि १३ अंकसहित युनाइटेड लिगको १३ औँ स्थानमा उक्लेको छ ।
अब युनाइटेडले बुधबार काराबाओ कपको चौथो चरणमा चेल्सीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण