शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दुई पेनाल्टी मिस गरेपनि युनाइटेड विजयी

सोमबार, ११ कात्तिक २०७६, १० : ०२
सोमबार, ११ कात्तिक २०७६

एजेन्सी । दुईवटा पेनाल्टी मिस गरे पनि म्यान्चेस्टर युनाइटेडले गत फेब्रुअरी पछि घरेलु मैदानबाहिर पहिलो जीत निकालेको छ । युनाइटेडले नर्विच सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २१ औँ मिनेटमा स्कट म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । यो गोल म्यान्चेस्टर युनाइटेडको प्रिमयिर लिगमा २ हजारौँ गोल थियो । यो उपलब्धि हासिल गर्ने युनाइटेड पहिलो टोली बनेको छ ।

त्यसपछि युनाइटेडले विवादास्पाद पेनाल्टी पायो । तर, मार्कस रासफोर्डको प्रहारलाई टिम क्रुलले बचाउ गरे ।

लगत्तै, रासफोर्डले नै युनाइटेडले अग्रता दोब्बर बनाए । पहिलो हाफ सकिन लाग्दा एन्थोनी मार्सियालले अर्को पेनाल्टी गुमाए ।

खेलको ७३ औँ मिनेटमा मार्सियालले नै युनाइटेडको तेस्रो गोल थपे ।

ओनियल हर्नान्डेजले खेल सकिन लाग्दा नर्विचका लागि सान्तवना गोल गरे ।

जीतले युनाइटेडलाई ठूलो राहत मिलेको छ । १० खेलपछि १३ अंकसहित युनाइटेड लिगको १३ औँ स्थानमा उक्लेको छ ।

अब युनाइटेडले बुधबार काराबाओ कपको चौथो चरणमा चेल्सीको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप