ग्रनाडा ला लिगाको शीर्ष स्थानमा
सोमबार, ११ कात्तिक २०७६, १० : १०
एजेन्सी । रियल बेटिसलाई हराउँदै ग्रनाडा स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
एल क्लासिको स्थगित भएको फाइदा उठाउँदै १० खेलबाट २० अंक बटुलेर ग्रनाडा लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो ।
खेलमा अल्भारो भाडिलोले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
जीतसँगै एक खेल कम खेलेको बार्सिलोना तथा एथ्लेटिको म्याड्रिड, सेल्टा भिगो र सेभियाभन्दा ग्रनाडाले १ अंकको अग्रता बनाएको हो ।
मंगलबार रियल भालाडोलिडलाई हराए बार्सिलोना पुनः लिगको शीर्ष स्थानमा उक्लनेछ ।
आइतबार भएका अन्य खेलमा सेभियाले गेटाफेलाई २–० ले हरायो भने भ्यालेन्सिया ओसासुनासँग ३–१ ले स्तब्ध बन्यो ।
एस्पानियोलले लेभान्ते तथा रियल सोसिडाडले सेल्टाभिगोलाई समान १–० अन्तरले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण