मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

गृहमन्त्रालयका चालकलाई  ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिनुको उद्देश्य

सवारी चलाउँदा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुन एसएसपी ढकालको आग्रह
सोमबार, ११ कात्तिक २०७६, १० : १९
सोमबार, ११ कात्तिक २०७६

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले  महाशाखाको नेतृत्व समाल्ने वित्तिकै ७ वटा प्राथमिकताका योजना सार्वजनिक गरे । 

त्यसमध्ये ट्राफिक नियमको पालना गर्ने कुरालाई आम नागरिककै चाहनाको रुपमा लैजान ट्राफिक अनुशिक्षण र जनचेतनामा विशिष्टिकरण गरिने पनि थियो । 

सोही अनुरूप कात्तिक ८ गते गृह मन्त्रालयका ३५ जना सवारी चालक तथा अन्य इच्छुक व्यक्तिहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिइएको महाशाखाले जनाएको छ । 

मन्त्रालयको सभाहलमा भेला भएका चालकहरूलाई ट्राफिक नियम, कानुनी ज्ञान र मानवीय संबेदनाबारे कक्षा दिइएको महाशाखाका प्रवक्ता रविराज पौडेलले जानकारी दिए । 

ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिनुको उद्देश्य

1. सरकारी चालकलाई थप जिम्मेवारी र नमुना बनाउन ।

2. विगत समयमा छिटफुट ट्राफिक नियम उल्लघंनको घटना देखिएकाले सुधार गर्न ।

3. चालकको व्यवहार ट्राफिक नियम मैत्री र नागरिक मैत्री बनाउन ।

ट्राफिक व्यवस्थापन राम्रो बनाउन प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने कुरा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ढकालले बताए । 

साथै सवारी चलाउँदा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुन पनि उनले आग्रह गरे । ‘यो सचेतना कक्षा निरन्तर सञ्चालन भई अन्य सम्पूर्ण मन्त्रालयका सवारी चालकहरूलाई पनि दिन्छौं,’ ढकालले भने । 

ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा व्यवहारिक र जीवनउपयोगी भएकोले सडकमा सवारी चलाउँदा  ठूलो महत्त्व रहने विचार सहभागी चालकहरूले व्यक्त गरेका थिए ।

महाशाखाको ७ प्राथमिकता

1. स्मार्ट ट्राफिक प्रहरी बनाउने ।

2. समस्यालाई प्राथमिकता, समाधानलाई तदारुकता ।

3. प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड ।

4. व्यवहारमा विनम्रता र कानुन कार्यान्यवनमा कडाई ।

5. सरोकारवाला निकायसंगको उपलव्धिपुर्ण सहकार्य ।

6. ट्राफिक अनुशिक्षण र जनचेतनाको विशिष्टिकरण

7. ट्राफिक नियमको पालना, आम नागरिकको चाहना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप