शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा जीपबाट खसेर १ जनाको मृत्यु

सोमबार, ११ कात्तिक २०७६, १६ : २६
सोमबार, ११ कात्तिक २०७६

बैतडी– जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका  १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नं को जीपमा सवार चन्द खसेर घाइते भएका थिए । उनको आज मृत्यु भएको हो । जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्द  खसेर घाइते भएको खडायतले बताए । घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक किसन चन्दले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप