निर्भयाका चार बलात्कारीलाई फाँसी दिने तयारी
भारतको दिल्लीमा सन् २०१२ को डिसेम्बर १६ तारिखमा निर्भयाको सामूहिक बलात्कार गर्ने चारैजना दोषी मुकेश सिंह, अक्षय कुमार सिंह, विनय शर्मा र पवन कुमारलाई फाँसी दिने तयारी सुरु भएको छ । तिहाड जेल प्रशासनले मृत्युदण्डविरुद्ध यदि सात दिनभित्र राष्ट्रपतिसँग दयाको गुहार नगरे फाँसीको कारवाही सुरु गरिने जानकारी दिइसकेको छ ।
सर्वोच्च अदालतले गत वर्ष जुलाईमा चारैजनाको पुनर्विचार याचिका खारेज गरेको थियो । तर उनीहरुले अहिलेसम्म दयाको गुहार लगाएका थिएनन् । यो उनीसँग उपलब्ध अन्तिम विकल्प हो ।
तिहाड जेल मुख्यालयले सात दिनभित्र जवाफ पनि माग्योः
तिहाड जेल मुख्यालयले अक्टोबर २८ मा ती तीन जेल अधिक्षकलाई गोप्य चिट्ठी लेखेको थियो जहाँ चारैजना दोषी बन्द छन् । मुकेश र अक्षय जेल नम्बर दुई, विनय जेल नम्बर चार र पवन जेल नम्बर १४ (मन्डोली जेल) मा बन्द छन् । मुख्यालयले पत्रमा चारै दोषीलाई मृत्युदण्डको सजाय सुनाइसकेको बताएको थियो ।
मुख्यालयले सात दिनभित्र उनीहरुको जवाफ पनि मागेको छ । सम्बन्धित जेल अधिक्षकले अक्टोबर २९ मा चारै दोषीलाई हिन्दी र अंग्रेजीमा लिखित नोटिस दिएको छ । उनीहरुसँग रिसिभिङ पनि लिएको छ । जेल स्रोतका अनुसार यी चिट्ठी पढ्न लगाइएको छ र त्यसको भिडियो रेकर्डिङ पनि गरिएको छ । यसैबीच अक्षय, विनय र पवनका वकिल एपी सिंहले यो मामलामा क्यूरेटिभ पिटिशन दायर गरिएको बताएका छन् ।
तल्लो अदालतलाई सूचना दिइनेछः
तिहाड जेलका महानिर्देशक संदीप गोयलले चारै दोषीलाई उनीहरुको कानूनी लडाई समाप्त भइसकेको जानकारी दिएको बताए । उनीहरुले यदि राष्ट्रपतिलाई यदि दया याचिका दर्ता गर्न चाहे त्यो एक हप्ताभित्र पूरा गर्नुपर्ने पनि जानकारी दिइसकेको महानिर्देशकले बताए । यदि दया याचिका दर्ता नभए यसको सूचना तल्लो अदालतलाई दिइनेछ र अर्को प्रक्रिया सुरु गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्नका लागि बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण