नकारात्मक टिप्पणीका बाबजुद अक्षय कुमारका यी फिल्मले करोडौं कमाए

बलिउड नायक अक्षय कुमार वर्कफ्रन्टमा सुपर एक्टिभ अभिनेताको रुपमा चिनिन्छन् । एकै वर्षमा थुप्रै फिल्ममा अभिनय गर्ने केही सिमित अभिनेतामा उनी पनि पर्छन् । फिल्म हाउसफूल ४ मा अक्षय कुमारले ह्यारी र बालाको भूमिका निभाएका छन् । फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छैन तर पनि यसले बक्स अफिसमा राम्र्रै कमाई गरिरहेको छ । यसलाई अक्षयको जादु भन्ने कि निर्माताको रणनीति, फिल्म आफ्नो लागत उठाउन सफल भइरहेको देख्न सकिन्छ ।
के भन्छ आँकडा ?
हाउसफुल ४ ले पहिलो दिन १९ करोड ८ लाख भारुको व्यापार गर्यो र आइतबार १८ करोड ८१ लाख भारु कमायो । सुरुवाती चार दिनको व्यापारको कुरा गर्ने हो भने यसले ८७ करोड ७८ लाख भारुको व्यापार गरेको थियो ।
तीस मार खानः
यद्यपि, हाउसफूल ४ अक्षय कुमारको यो पहिलो फिल्म होइन जसले खराब रिभ्यु पाउँदा पनि राम्रो व्यापार गर्ने । यसअघि पनि अक्षय कुमारको यस्ता केही फिल्म छन् । सन् २०१० मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘तीस मार खान’ बन्न २८ करोड भारु लागेको थियो तर यसले बक्स अफिसमा करिब ६० करोडको व्यापार गरेको थियो ।
सिंग इज ब्लिंगः
यसबाहेक प्रभु देवा निर्देशित फिल्म सिंग इज ब्लिंगको कुरा गर्ने हो भने यो फिल्म सन् २०१५ मा रिलिज भएको थियो । यो फिल्म पनि समीक्षकको राम्रो रिभ्यु पाउन असफल रहेको थियो । यो फिल्मको माउथ पब्लिसिटि पनि राम्रो थिएन । तर यति हुँदा हुँदै पनि ४१ करोड भारुमा बनेको यो फिल्मले करिब ११६ करोड भारुको व्यापार गरेको थियो ।
राउडी राठौरः
अक्षय कुमारको यो फिल्म साउथ इन्डियन फिल्मको हिन्दी रिमेक थियो । ४५ करोड भारुको बजेटमा बनेको यो फिल्म सन् २०१२ मा रिलिज भएको थियो । फिल्मले त्यतिबेला बक्स अफिसमा करिब १३३ करोड भारुको व्यापार गरेको थियो । यो फिल्मले पनि समीक्षकको खासै राम्रो प्रतिक्रिया पाएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश