साझा पार्टीको भक्तपुर प्रदेशसभा उम्मेद्वार घोषणा
बिहीबार, १४ कात्तिक २०७६, १३ : ४६
काठमाडौं– साझा पार्टीले भक्तपुर क्षेत्र नम्बर १ (क) बाट सुरज प्रधानलाई प्रदेशसभा उम्मेद्वार बनाउने निर्णय गरेको छ । पार्टीका जिल्ला संयोजकको रुपमा रहेका २८ वर्षीय प्रधानलाई बिहीबार प्रदेशसभा उम्मेद्वार घोषणा गरिएको हो । सो पार्टीका प्रवक्ता डा.सुर्यराज आचार्यले एक विज्ञप्ति जारी गरी प्रधानलाई प्रदेशसभा उम्मेद्वार बनाउने निर्णय गरिएको जानकारी दिएका छन् ।
विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री इँट्टा उत्पादनको व्यवसाय गर्छन् । त्यस्तै सो पार्टीले शनिबार दाङ निर्वाचन क्षेत्र नम्बर ३(ख) को प्रदेशसभा उम्मेद्वार घोषणा गर्ने विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण