साझा पार्टीको भक्तपुर प्रदेशसभा उम्मेद्वार घोषणा
बिहीबार, १४ कात्तिक २०७६, १३ : ४६
काठमाडौं– साझा पार्टीले भक्तपुर क्षेत्र नम्बर १ (क) बाट सुरज प्रधानलाई प्रदेशसभा उम्मेद्वार बनाउने निर्णय गरेको छ । पार्टीका जिल्ला संयोजकको रुपमा रहेका २८ वर्षीय प्रधानलाई बिहीबार प्रदेशसभा उम्मेद्वार घोषणा गरिएको हो । सो पार्टीका प्रवक्ता डा.सुर्यराज आचार्यले एक विज्ञप्ति जारी गरी प्रधानलाई प्रदेशसभा उम्मेद्वार बनाउने निर्णय गरिएको जानकारी दिएका छन् ।
विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री इँट्टा उत्पादनको व्यवसाय गर्छन् । त्यस्तै सो पार्टीले शनिबार दाङ निर्वाचन क्षेत्र नम्बर ३(ख) को प्रदेशसभा उम्मेद्वार घोषणा गर्ने विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी