एमसीसीविरुद्धको खेलका लागि क्रिकेट टोलीको घोषणा
काठमाडौं–नेपाल भ्रमणमा रहने मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको छुट्टाछुट्टै क्रिकेट खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा क्रिकेट टोलीको घोषणा गरेको हो । क्यानले एक दिवसीय, टी–२० र तीन दिवसीय क्रिकेट खेलका लागि तीनवटै टोलीको घोषणा गरेको हो ।
२३ जना खेलाडीले छुट्टाछुट्टै फरम्याटमा खेल्नेछन् । कप्तान ज्ञानेन्द्र मल्ल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, ललित राजवंशी, सन्दिप लामिछाने, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले तीनवटै फरम्याटको खेल खेल्नेछन् । पारस खड्काले ५० ओभरको खेल मात्र खेल्नेछन् ।
टी–२० खेल्ने खेलाडीमा कप्तान ज्ञानेन्द्रसहित आरिफ शेख, अमित श्रेष्ठ, अविनाश बोहोरा, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल भुर्तेल, ललित राजवंशी, पवन शर्राफ, सन्दीप जोरा, सन्दीप लामिछाने, सोमपाल कामी र सुसन भारी छन् ।
यसैगरी ५० ओभरको खेलका लागि ज्ञानेन्द्रसहित आरिफ शेख, बसन्त रेग्मी, विक्रम शोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, इशान पाण्डे, करण केसी, ललित राजवंशी, पारस खड्का, रोहित पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन् ।
तीन दिवसीय क्रिकेटका लागि ज्ञानेन्द्रसहित आरिफ शेख, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल्, जितेन्द्र मुखिया, करण केसी, ललित राजवंशी, पवन शर्राफ, राजु रिजाल, रोहित पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी रहेका छन् । एमसीसीले नेपालमा कार्तिक १७ गतेदेखि ६ वटा छुट्टाछुट्टै प्रतियोगिता खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण