कपिलवस्तुमा प्रहरीको गोली प्रहारबाट एक जनाको मुत्यु भएपछि आयोग पुग्यो घटनास्थल
काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सद्भाव कायम राख्दै संयमितरूपमा गतिविधिहरु सञ्चालन गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका निर्देशक मुरारीप्रसाद खरेलले विहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु संयमितरूपमा सञ्चालन गर्न, गराउन सरकारलगायत सम्बन्धित पक्षहरुलाई आग्रह गरिएको छ ।
लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर कपिलवस्तुको कृष्णनगरमा स्थानीय दुई पक्षबीच विवाद सिर्जना भई झडप भएपछि स्थानीय प्रशासनले कफ्र्युू आदेश जारी गरेको र बुधबार गोली लागेर एक जनाको मृत्यु भएको भनिएकोे घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त घटना सम्बन्धमा अनुगमन गर्न आयोगको प्रदेश कार्यालय बुटवलबाट अनुगमन टोली आजै घटनास्थल पुगी अनुगमन गरिरहेको समेत आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण