काठमाडौँमा दिनदहाडै सांसदको निवासबाट लाखौँका गरगहना चोरी
काठमाडौँ– दिनदहाडै काठमाडौँमा एक सांसदको निवासबाट लाखौं रुपैयाँ बराबरको नगद तथा गरगहना चोरी भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित निवासबाट नगद र गरगहना चोरी भएको हो ।
सांसद गौतम काठमाडौ महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनी संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । सूचनाविभाग नजिकै सांसद गौतम बस्ने घरमा बिहीबार दिउँसो ३ बजेदेखि ४ बजेको समयमा चोरी भएको प्रहरीले जनाएको छ । घरको ढोका फोरेर कोठाभित्र रहेको नगद तथा गरगहना चोरी भएको सांसद गौतमले बताए ।
उनका अनुसार २ तोला ५ आना बराबरका सुनका गहना (६ आनाको औठी, ५ आनाको टप, ५ आनाको तिलहरी र १ तोलाको मंगलसुत्र ) चोरी भएको छ । त्यस्तै चाँदीको २१ तोलाको थाली, २.५ तोलाको दियो तथा नगद एकलाख १५ हजार गरी ३ लाख १९ हजार रुपैयाँ बराबर चोरी भएको छ ।
सांसद गौतमको घर चोरी भएपछि बिहीबारै महानगरीय प्रहरी बृत्त तीनकुने र नेपाल प्रहरीको सिआइवी टोली घटनास्थल पुगेर मुचुल्का तयार पारेर आवाश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । बृत्तका प्रमुख डिएसपी दुर्गाराज गौतमले घटनाबारे प्रहरीले आवाश्यक अनुसन्धान थालिसकेको भन्दै चोर पत्ता लगाएरै छाड्ने दावी गरे । यता ,सांसद गौतमले तत्काल अनुसन्धान गरी चोर पहिचान गर्नुपर्ने भन्दै शान्ति सुरक्षा थप मजबुत पार्न सुझाव दिए । उपत्यकामा दिनदहाडै त्यसमाथि सांसदकै कोठा चोरी हुनुले उपत्यकाको शान्ति सुरक्षामाथि प्रश्न उठेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण