बच्चासहित नारायणीमा हाम फालेका युवाको पहिचान हुन सकेन
लक्ष्मीपूजाका दिन एक बच्चासहित नारायणी नदीमा हामफालेका युवाको सनाखत हुन सकेको छैन । उनले काखमा बोकेको भनिएको बच्चाको अवस्था अज्ञात रहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अन्दाजी ३० वर्षीय पुरुषको शव नदीमा भेटिएको थियो । निजको हालसम्म सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
निजले साथमै अन्दाजी १० वर्षीय बच्चा बोकेको भनी प्रत्यक्षदर्शीले बताएका थिए । नदीमा खोजतलासका क्रममा ती बच्चा भने फेला पर्न नसकेको उनले जानकारी दिए ।
यही कात्तिक १० गते अपराह्न ४ बजेतिर ती युवक बच्चा बोकेर नारायणगढ बजार नजीकै पुलबाट नारायणी नदीमा हामफालेको भन्दै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए ।
उद्धारका क्रममा ती पुरुषको शव भेटिएको थियो भने बच्चाको अवस्था अज्ञात रहेको छ । शवको मुचुल्क उठाएर शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण