राजपाद्वारा छठ पर्वको शुभकामना
शनिबार, १६ कात्तिक २०७६, १५ : ३५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले छठ पर्वका अवसरमा शुभकामना दिँदै मुलुकको दिगो विकास, प्रगति र समृद्धिको बाटोमा अग्रसर हुन सबैमा प्रेरणा मिलोस् भनी कामना गरेको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरेर छठको अवसरमा मुलुकका विद्यमान सारा राजनीतिक समस्याको समाधान भई आर्थिक समृद्धिको यात्रालाई सार्थक बनाउन सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
राजपाले छठका अवसरमा विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपाली तथा मानव जातिको कल्याण तथा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामनासमेत व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित