राजपाद्वारा छठ पर्वको शुभकामना
शनिबार, १६ कात्तिक २०७६, १५ : ३५
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले छठ पर्वका अवसरमा शुभकामना दिँदै मुलुकको दिगो विकास, प्रगति र समृद्धिको बाटोमा अग्रसर हुन सबैमा प्रेरणा मिलोस् भनी कामना गरेको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरेर छठको अवसरमा मुलुकका विद्यमान सारा राजनीतिक समस्याको समाधान भई आर्थिक समृद्धिको यात्रालाई सार्थक बनाउन सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
राजपाले छठका अवसरमा विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपाली तथा मानव जातिको कल्याण तथा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामनासमेत व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण