शाहरुखको जन्मदिनमा करनले भावुक पोष्टमा लेखे, ‘केही सम्बन्धलाई शब्दमा बयान गर्न सकिँदैन’
शाहरुख खानको ५४ औं जन्मदिनमा उनका साथी करन जोहरले भावुक नोट सेयर गरेका छन् । उनले एक फोटोसहित लेखेका छन्, ‘ह्यापी बर्थडे भाइ शाहरुख । मलाई लाग्दैन कि केही सम्बन्धलाई बयान गर्नका लागि शब्द पर्याप्त छन् । विशेषगरी उनीहरुलाई जसमा मौनता धेरै हुन्छन् । मेरो जीवनमा तिम्रो अत्यधिक प्रभाव रह्यो । जस्तै उपदेश दिने शिक्षक जसलाई मैले आफ्नो परिवार भन्ने सौभाग्य प्राप्त गरेको छु ।’
करनले भने, ‘तिमीसँग मेरो यात्रा जीवन र करियरको सबैभन्दा राम्रो रह्यो । अझै धेरै कुरा आउन बाँकी छ । धन्यवाद, मेरा लागि, आमाका लागि र मेरा स–साना बच्चा (यश र रुही) का लागि सधैं खम्बासरह उभिएकोमा । धन्यवाद, मेरा पिताको सबैभन्दा राम्रो साथी भइदिएकोमा र मेरो दाइ भएकोमा । म तिमीलाई यति माया गर्छु कि तिमीले कहिले पनि थाहा पाउन सक्दैनौं । ’
करनले सन् १९९८ मा शाहरुख खानलाई मुख्य भूमिकामा लिँदै ‘कुछ कुछ होता हे’ बाट निर्देशकको रुपमा बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि उनले ‘कभी खुसी कभी गम’, ‘कभी अलविदा न कहना’, ‘माय नेम इज खान’ र ‘ऐ दिल हे मुश्किल’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण