सामूहिक बलात्कारपछि युवतीलाई जिउँदै जलाइयो, भिडियो भाइरल भएपछि मुद्दा दर्ता
भारतको अलीगढस्थित चन्डौस इलाकामा युवतीलाई घरमा एक्लो पाएर दुई युवकले सामूहिक बलात्कार गरे । त्यसपछि पहिचान उजागर हुने डरले आरोपीले पीडितलाई आगो लगाइदिए । युवतीको चिच्याहट सुनेपछि छिमेकी घटनास्थल पुगे र उनलाई अस्पताल पुर्याए पनि उपचारको क्रममा उनको मृत्यु भयो । घटना अक्टोबर ३० तारिखको हो । घटनाको एउटा भिडियो सार्वजनिक भएको छ । यसमा पीडितले आरोपीको नाम बताइरहेका छन् । घटनाको तीन दिनपछि पुलिसले मुद्दा दर्ता गरेको छ । आरोपी फरार छन् ।
आमा खेतमा गएका बेला घरमा छिरे आरोपीः
भारतीय मिडियामा प्रकाशित जानकारी अनुसार चन्डौसको चिमनपुर गाउँमा बस्ने २२ वर्षीया युवती घरमा एक्लै थिएन् । आमा खेतमा काम गर्न गएकी थिइन् । यतिबेला गाउँका दुई युवक अजय र मनिष अचानक घरमा छिरे । दुबैले युवतीलाई बलात्कार गरे । त्यसपछि आरोपीले उनीमाथि मट्टीतेल खन्याएर उनलाई जिउँदै जलाइदिए ।
युवती चिच्याएको सुनेर छिमेकी घटनास्थल पुग्दा उनी नराम्रोसँग जलिसकेकी थिइन् । यतिबेला युवतीले छिमेकीलाई आफूमाथिको घटनाबारे जानकारी दिइन् । मानिसहरुले उनको भिडियो पनि बनाए ।
कडा कारवाहीको निर्देशनः
एसपी सिटी अभिषेकले आमाको निवेदनमा आरोपीमाथि दुष्कर्म र हत्याको मुद्दा दर्ता गरिएको छ । थाना प्रभारीलाई साक्षी जुटाउन र कठोर कारवाहीका लागि निर्देशन दिइएको छ । भिडियोको पनि अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण