दाङमा भवनबाट खसेर मजदूरको मृत्यु
आइतबार, १७ कात्तिक २०७६, १३ : ४८
दाङ– घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्दै आएका एक मजदूरको काम गर्दैगर्दा भवनबाट खसेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार भारत उत्तरप्रदेश स्थायी घर भई हाल सो कारखानामा बस्ने ४५ वर्षीय रमेशकुमार पटेलको सिमेन्ट कारखानाको निर्माणाधीन भवनको फर्मा बनाउने क्रममा खस्दा गम्भीर घाइते भएकामा उपचारका क्रममा आज मृत्यु भएको हो ।
शनिबार बेलुका साढे ८ बजे खसेर गम्भीर भएका पटेललाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव शिक्षण अस्पताल कोहलपुरको शवगृहमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण