भेनेजुएलाका कुटनीतिज्ञहरुलाई निष्काशन गर्न आदेश
आइतबार, १७ कात्तिक २०७६, १५ : १९
मेक्सिको सिटी– मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरले आफ्नो देशमा रहेका भेनेजुएलाका सबै कुटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।
एल साल्भाडोरले विपक्षी नेता हुँवा गुएइदोलाई भेनेजुएलाका अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा राष्ट्रपतिका लागि नयाँ चुनाव नहुँदासम्म गुएइदोलाई मान्यता दिइएको उल्लेख छ ।
वक्तव्यमा ४८ घण्टाभित्र सबै कुटनीतिज्ञहरु फिर्ता लैजान भेनेजुएला सरकारलाई जानकारी दिइसकेको पनि जनाइएको छ । –सिन्ह्वा/Photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
-
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
-
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता