हामी उदार भएकाले प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएका हौँ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी उदार र लचिलो भएको हुनाले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताएका छन् ।
बाँकेमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो सरकार अलिक उदार र लचिलो भएको हुनाले र कसैलाई चित्त नदुखोस् भनेर उहाँहरुलाई दुई वर्ष काम गर्न दिइयो । अहिले फेर्न उचित हुने ठानेर फेरेका हौँ । यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई ठूलो ठान्नु पर्ने विषय होइन ।’
अध्यक्ष प्रचण्डले सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुखले काम गर्ने भएकाले सरकार परिवर्तन भएपछि सामान्य प्रचलन प्रदेश प्रमुखहरु फेरिने रहेको जिकिर गरे । ‘अझ कयौँ देशहरुमा त्यस्ता प्रमुखले मोरल्ली रिजाइन गरिदिने र सरकारलाई काम गर्न सहज पार्ने प्रचलन छ,’ उनको भनाइ थियो ।
उनले सत्ता साझेदार दल उपेन्द्र यादवसँग छलफल गरेर नै यो निर्णय लिइएको पनि बताए । ‘सरकार र पार्टीले उपेन्द्रजीले छलफल नगरेको भन्ने होइन । सरकारले निर्णय गर्नुभन्दा अघि मैले पनि गरेको हो,’ प्रचण्डले भने ।
'वहाँ पनि क्याबिनेटमा हुनुहुन्छ, उहाँले क्याबिनेटमा आफ्नो कुरा राख्नुभयो होला,’ उनले भने, ‘उपेन्द्रजी सरकारमा सहभागी हुनभन्दा धेरै अगाडि नै नेपाली काँग्रेसको नेतृत्वको सरकारले वहाँसँग सम्बन्धित भनिएको साथीलाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेको हो । यो सरकारले होइन । उपेन्द्रजीसँग हाम्रो पार्टीले सहमति गरेर प्रदेश प्रमुख बनाएको होइन । त्यही भएर अघिल्लो सरकारले नियुक्त गरेकालाई बदल्ने भनेपछि स्वतः त्यो नीति अन्तरगत वहाँको पनि परेको हो ।’
त्यस्तै, माधव नेपालको नोट अफ डिसेन्ट पनि सामान्य प्रक्रिया भएको बताए । ‘माधवजीले एक दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो । र, त्यसमा जोड दिनुभएको थियो । त्यो नभएपछि चित्त नबुझेर नोट अफ डिसेन्ट लेख्नु स्वाभाविक हो । वहाँले मान्दिन भन्नुभएको छैन, भिन्न मत छ भन्नुभएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण