ड्रग माफियाको हमलामा ६ बच्चा, तीन महिलासहित ९ अमेरिकी नागरिकको मृत्यु
उत्तरी मेक्सिकोमा संदिग्ध ड्रग माफियाको हमलामा ६ बच्चा र तीन महिलासमेत कम्तिमा ९ अमेरिकी नागरिकको मृत्यु भएको छ ।
ती पीडित लुहबारन परिवारका सदस्य थिए जो थुप्रै दशकदेखि मेक्सिकोमा रहेको मोरमान समुदायसँग अलग्गिएर बनेको छ ।
जानकारीका अनुसार ती पीडित गाडीको कार्केडमा जाँदै थिए ।
मेक्सिकोका सुरक्षा मन्त्रीले यी मानिसहरु गलत निशानामा परेको अनुमान पनि व्यक्त गरेका छन् ।
उत्तर मेक्सिकोको सिनोरा राज्यमा दुई ड्रग माफियाबीच लडाईं छ । एउटा ‘खुआरेज’ ड्रग माफियासँग जोडिएको ला लिनिआ र सिनालोआ गिरोहका सदस्य ‘लोस चापोस’ बीच लडाईंको स्थिती छ ।

Photo: Reuters
न्यूयोर्क टाइम्ससँगको कुराकानीमा मारिने दुई बच्चाको उमेर एक वर्ष पनि कम भएको आफन्तले बताएका छन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीटमा भने, ‘मेक्सिकोले अमेरिकाको मद्दतले ड्रग माफियामाथि कारवाही गरे धर्तीबाट उनीहरुको नाम निशान मेट्ने बेला आएको छ । हामी बस् नयाँ राष्ट्रपतिको एक फोनको प्रतिक्षा गरिरहेका छौं ।’
श्रङ्खलाबद्ध पोस्टमा उनले लेखे, ‘अमेरिका ड्रग माफियाको हिंसाको समस्यासँग लड्न सहयोग गर्न तयार छ । ’ ट्रम्पले यो काम चाँडै नै गर्नुपर्ने बताएका छन् ।
यस्तै, मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले मेक्सिकोले हमलाका लागि जिम्मेवार अपराधीलाई पक्राउ गर्नका लागि स्वतन्त्र तरिकाले कदम उठाउने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण