लिभरपुल छनोट नजिक
बुधबार, २० कात्तिक २०७६, ०९ : ५७
साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणको छनोट नजिक पुगेको छ । घरेलु मैदानमा मंगलबार राति भएको समूह ‘ई’ को खेलमा लिभरपुलले बेल्जियन क्लब जेन्कलाई २–१ गोलले हरायो ।
समूह चरणमा दुई खेल खेल्न बाँकी रहेको लिभरपुलले अब एक खेल जिते नकआउट चरणमा पुग्नेछ ।
लिभरपुललाई जिताउन जर्जिन्हो विजनाल्डमले १४औँ र एलेक्स अक्सलेड चेम्वरलेनले ५३औँ मिनेटमा गोल गरे । जेन्कका एमबीवाना समताले ४१औँ मिनेटमा सान्त्वना गोल गरेका थिए ।
जितसँगै लिभरपुलले चार खेलबाट नौ अङ्क बनाएको छ । लिभरपुल शीर्ष स्थानमा छ । एक अङ्क बनाएको जेन्क पुछारमा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब नापोली र अष्ट्रियन क्लब साल्जवर्गले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । नापोली आठ अङ्कसहित दोस्रो स्थानमा छ । चार अङ्क बनाएको साल्जवर्ग तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण