सरकारका राम्रा काम लिएर चुनावी अभियानमा जानुस्: नेता गौतम
भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सरकारले गरेका राम्रा कामलाई लिएर चुनावी अभियानमा जान निर्देशन दिए ।
नेकपा भक्तपुरले आज तौमढीमा आयोजना गरेको कार्यक्रममा उनले तीनवटै तहका सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजाने बेला आएको बताए । उनले चुनावी अभियानलाई तीव्र बनाउन निर्देशन दिए । भक्तपुर क्षेत्र नं १ (क) मा १४ गते हुने उपनिर्वाचनमा पहिलाका भन्दा बढी मत ल्याएर नेकपाको उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताउँदै उनले नेकपाको विजयीले सरकार विरोधीलाई जवाफ दिनुपर्ने बताए ।
नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले कहीँ कतै विचलित नभई नेकपा एक ढिक्का भएर अगाडि बढ्दै नेकपाको विजयीलाई विगतमा जस्तै सुनिश्चित गर्नुपर्ने बताइन् । त्यस्तै पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा सूर्यलाई अन्य कुनै हत्केलाले छेक्न नसक्ने टिप्पणी गर्दै नेकपाको जीत सुनिश्चित रहेको भनाइ राखे ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं १ (क) मा नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका देवीप्रसाद ढकाल (डिपी) ले नेकपाको विकास र समृद्धिको अभियान पूरा गर्न उम्मेदवारी दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण