मानव तस्करीमा संलग्न नेपाली महिला भारतमा पक्राउ
काठमाडौं । अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु-याउन सक्रिय एक नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।
दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु-याएको अवस्थामा बिहीबार भारतीय सुरक्षाकर्मीले भोजपुर जिल्ला निवासी कल्पना राईलाई पक्राउ गरेका हुन् ।
भारतको सशस्त्र सीमा बल (एसएसबी)को ४२ औं बाहिनीमा तैनाथ एसआई सरिताका अनुसार बिहीबार सीमा नाकामा रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शंका लागेर सोधपुछ गरिएको थियो । उनीहरुको जवाफ चित्त नबुझेपछि एसएसबी क्याम्पमै ल्याएर थप सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएका थिए ।
उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया थालिएको सुरक्षा अधिकारीको भनाइ छ ।
कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन । हाल उनीहरु रुपैडिया मै सुरक्षाकर्मीको नियन्त्रणमा छन् ।
कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २ख सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ । अधिकारीहरुका अनुसार उनीविरुद्ध मानव तस्करीको आरोपमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण