रुपन्देहीमा लागुऔषधसहित २ जना पक्राउ
बुटवल– रुपन्देहीको सैनामैना नगरपालिकाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक २० गते सैनामैना ६ कलौनीबाट ६२४ मिलिग्राम ब्राउन सुगर नामक लागुऔषध सहित २ जना पक्राउ गरि आज सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा न ५ बस्ने वर्ष ३० का रमेश हमाल र वडा न ६ बस्ने वर्ष ३५ का अशोक परियार रहेका छन् । पक्राउ पर्ने दुवैलाई लागूऔषधसम्बन्धी मुद्धा दर्ता गरि कानुनी कार्वाही अघि बढाउने इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए ।
यता,रुपन्देहीको ओमसतिया गाउँपालिकाको ठुटीपिपलमा मापसे चेकिङ्गमा खटिएका प्रहरीलाई घुस दिने खोज्ने व्यक्रि पक्राउ परेका छन् । सडकमा मोटरसाईकल चेकजाँच गर्ने क्रममा बुटवल १५ का नारायण भुषाल र ओमसतिया गाउँपालिका बाड नम्बर १ बस्ने २८ वर्षीय मनिष चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनीहरुले प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेका थिए । उनीहरुलाई (मुलुकी अपराध संहिता ऐन ) २०७४ को फौजदारी कसुर अन्तर्गत परिच्छेद ५ को दफा ११८ को उपदफा १ विपरित कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण