सैफले जेठी श्रीमती अमृताको तारिफ गर्दै भने, ‘उनी एक्ली व्यक्ति थिइन् जसले कामलाई गम्भीरतापूर्वक लिन सिकाइन्’
सैफ अली खानले एक अन्तर्वार्तामा आफ्नी जेठी श्रीमती अमृता सिंहको असाध्यै तारिफ गरेका छने । उनलाई अमृताले नै कामलाई गम्भीरतापूर्वक लिन सिकाएको बताएका छन् । वास्तवमा, उनी अन्तर्वार्तामा आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनबारे कुरा गरिरहेका थिए ।
अमृताले सैफलाई दिइन् यो सल्लाहः
सैफले अन्तर्वार्तामा भने, ‘म घरबाट भागेको थिएँ र २० वर्षको उमेरमा विवाह गरेको थिएँ । म अमृता (सिंह) मेरी जेठी श्रीमतीलाई यो कुराको श्रेय दिन्छु किनभने उनी एक्ली यस्ती व्यक्ति थिइन् जसले यी सबै (काम, शो, बिजनेस) लाई गम्भीरतापूर्वक लिन सिकाइन् । उनले मलाई ‘यदि लक्ष्यमाथि हाँस्छौ भने कहिले पनि त्यो पाउन सक्दैनौ’ भनेकी थिइन् । त्यसपछि मैले ‘परम्परा’ (डेब्यू फिल्म) पाएँ ।’
यश चोपडाको निर्देशनमा बनेको यो फिल्म सन् १९९४ मा रिलिज भएको थियो । फिल्ममा सुनिल दत्त, विनोद खन्ना, आमिर खान र रबिना टन्डनको पनि महत्वपूर्ण भूमिका थियो ।
अमृताको सल्लाह थियो आफूमाथि विश्वास राखः
सैफले बताए अनुसार जब उनले फरहान अख्तरको निर्देशनमा बनेको फिल्म ‘दिल चाहता हे’ पाए, तब उनी आफ्नो भूमिकाका लागि अल्मलमा थिए । उक्त भूमिका कसरी निभाउने उनले बुझिरहेका थिएनन् । त्यतिबेला अमृताले उनलाई आफूमाथि विश्वास गर्न सल्लाह दिएकी थिइन् ।
सैफका अनुसार उनले आफ्नो वरिपरिका लगभग सबैलाई फिल्ममा समिरको भूमिका कसरी निभाउने भनेर सोधिरहन्थे । यहाँसम्म कि उनलाई आमिर खानले पनि सल्लाह दिएका थिए । यद्यपि, अमृताले उनलाई यसबारे किन सबैलाई सोधिरहेको भनेर प्रश्न गरिन् । आफ्नै तरिकाले समिरको भूमिका निभाउनुपर्ने उनले सल्लाह दिइन् । उनले अमृताको सल्लाह माने र समिर आधुनिक सिनेमाका सबैभन्दा मनपराइएका भूमिकामध्ये एक बने ।
सन् २००४ मा अमृतासँग सम्बन्धविच्छेदः
सेफले सन् १९९१ मा १२ वर्ष जेठी अमृता सिंहसँग विवाह गरेका थिए । यी दुईका दुई सन्तान सारा अली खान र इब्राहिम अली खान छन् । सन् २००४ मा उनीहरुको सम्बन्धविच्छेद भयो । सन् २०१२ मा सैफले आफूभन्दा १० वर्ष कान्छी करिना कपुरसँग विवाह गरे । दुबैका एक छोरा (तैमुर अली खान) छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण