बालुवाटारमा सर्वदलीय बैठक सुरु
काठमाडौं – नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शनिबार अपराह्नबाट बैठक छलफल सुरु भएको हो । प्रधानमन्त्री ओलीले राष्ट्रिय धारणा बनाउनका लागि सर्वदलीय बैठक बोलाएको बुझिएको छ ।
बैठकमा पूर्वप्रधानमन्त्रीहरु,सरकारका मन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु,प्रमुख राजनीतिक दलका प्रतिनिधि लगायत सहभागी छन्। भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेको विषयमा चर्को विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणाका गरिने छ ।
कात्तिक १७ मा भारतले आफ्नो नयाँ नक्सा नेपाली क्षेत्रलाई मिच्दै निकालेको थियो। यसअघि प्रमुख प्रतिपक्ष काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि बुधबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरी भारतीय कदमको विरोध गरेका थिए।
कात्तिक २१ मा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा भारतको सार्वभौम भूमि नै रहेको उल्लेख गर्दै नक्सामा कुनै सीमा परिवर्तन नगरिएको दाबी गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण