नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री ओलीलाई जनताले माफी दिँदैनन्ः मैनाली
काठमाडौं– नेकपा मालेका महासचिव सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन् । महासचिव मैनालीले कालापानी लगायतका नेपाली भूमि भारतले मिचेको प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै ती समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई गम्भिर भएर लाग्न पनि आग्रह गरे ।
भारतले सीमा मिचेको विरोधमा आईतबार पार्टीले काठमाडौंमा आयोजना गरेको विरोध प्रर्दशनमा बोल्दै उनले दुई मुलुकबीचको सीमा समस्या समाधान अब पनि नगरे नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारलाई पनि अस्वीकार गर्ने बताए ।
महासचिव मैनालीले विज्ञहरुले पटक–पटक दिएको सुझावलाई ध्यानमा राखेर सरकारले भारतसँगको सीमा समस्या समाधान गर्नुपर्ने पनि स्पष्ट पारे । काठमाडौंको प्रर्दशनीमार्गबाट सुरु भएको विरोध प्रर्दशन पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीहरूलाई राज्यबाटै कमजोर पारियो: अध्यक्ष सिंह
-
योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दै छौँ : उपप्रधानमन्त्री श्रेष्ठ
-
नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा लुम्बिनी भ्रमण
-
बागलुङको लाम्मेलामा आगलागी, दुई घर जले
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी