भारतको नयाँ नक्सामा नेपाली भूभाग परेपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलावट
भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संघीय संसद्को प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरूले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्रीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको हो ।
आइतबार बसेको संसदीय समितिको बैठकमा सीमाबारे सांसदहरूले सरकारको धारणा माग गर्नुपर्ने बताएका थिए । सांसदहरूले सरकारको आधिकारिक धारणा राख्न प्रधानमन्त्रीलाई समितिमा बोलाउन माग गरेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।
भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक र कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ । यस विषयमा राज्य व्यवस्था समितिले चासो देखाएको हो । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण