अष्ट्रेलियामा तीन दिनयता फैलिरहेको भीषण आगलागी सिड्नीसम्म पुग्यो
अष्ट्रेलियामा विगत तीन दिनयता फैलिएको डढेलो नियन्त्रण हुन नसक्दा सिड्नीसम्म फैलिएको छ । मङ्गलबार न्यू साउथ वेल्समा मात्रै ६० बढी स्थानमा भीषण आगलागी भएको छ ।
अष्ट्रेलियामा अहिले तापक्रम बढ्दो छ र हावाको बेग पनि उच्च भएकोले ढडेलो निकै कम समयमा फैलिने अधिकारीले चेतावनी दिएका छन् । यो क्षेत्रमा करिब ६० लाख मानिसको बसोबास छ ।

अति संवेदनशील क्षेत्रका बासिन्दालाई झाडीयुक्त स्थानमा नबस्न र आगलागी आफ्नो घरसम्म आइनपुग्दै अन्यत्र सर्न सरकारले आग्रह गरेको छ । उक्त राज्यका ६ सय विद्यालय बन्द गरिएका छन् ।
आगलागीका कारण न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा सात दिने सङ्कटकालको घोषणा गरिएको छ ।

कति भयानक छ आगलागी ?
न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा गत शुक्रबारदेखि फैलिएको आगोका कारण तीनजनाको मृत्यु भएको छ भने दुई सयभन्दा घरहरुमा क्षति पुगेको छ ।
विशेषज्ञले यो आगलागीलाई भिक्टोरियाको सन् २००९ को ‘ब्ल्याक स्याटरडे बुसफायर’ सँग दाँजिरहेका छन् जसमा १ सय ७३ जनाको मृत्यु भएको थियो ।

सिड्नी र उक्त शहरको उत्तरी र दक्षिणी भेगमा यस्तो ‘भयानक’ स्तरको आगलागी भएको यो पहिलो घटना हो ।

मङ्गलबार के हुँदैछ ?
अधिकारीले न्यू साउथ वेल्समा मङ्गलबार ‘चरम, गम्भीर र विनाशकारी’ दिन हुनसक्ने चेतावनी दिँदै तापक्रम ३७ डिग्री सेटिग्रेटसम्म बढ्न सक्ने जानकारी दिएको छ ।
यस्तो भयानक स्थितिमा आगलागीले निकै द्रुत गतिमा र निकै सजिलै भयानक रुप लिनेछ,’ न्यू साउथ वेल्सका रुरल फायर सर्भिस कमिश्नर सेन फित्जिमोन्सले बताए ।

उनका अनुसार तीन हजार अग्नी नियन्त्रक फ्रन्टलाइनमा छन् । अन्य राज्य र न्यूजिल्याण्डबाट पनि अग्नी नियन्त्रक खटाइएका छन् । अष्ट्रेलियाको सुरक्षाबल पनि सहयोगका लागि सतर्क छन् ।

तत्कालका लागि क्वीन्सल्याण्डमा आगलागीको खतरा कम रहेपनि हप्ताको अन्तिममा खतरा उच्च रहने चेतावनी जारी गरेको छ । मङ्गलबार दक्षिणी अष्ट्रेलियामा पनि दर्जनौँ आगलागीको घटना देखिएका छन् ।
प्रधानमन्त्री स्कट मोरिसनले सरकारले आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण