नेशनल लाईफ इन्स्योरेन्सको मृत्यु बिमा दावी भुक्तानीमा बिमितले पाए ६२ लाख
बुधबार, २७ कात्तिक २०७६, १८ : ४४
काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु बिमा दावी भुक्तानी गरेको छ । बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आज एक कार्यक्रम आयोजना गरी स्व. सुचिता खनालको मृत्यु बिमा दावी भुक्तानी गरेको हो ।
स्व.सुचिता खनालले ३ वर्ष अघि ५० लाखको जीवन बिमा गरेकोमा वोनस सहित ६२ लाख २० हजार रुपैयँ रकम बिमा दावी वापत भुक्तानी भएको हो ।
उक्त रकम कम्पनीको कार्यकारी प्रमुखले स्व.सुचिता खनालको श्रीमान रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे । कार्यक्रममा उक्त दावी छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फर्छौट गरिएको कार्यकारी प्रमुखले वताए ।
रामेश्वर प्रसाद खनालले बिमा दावी सहज र शिघ्र तरिकाले भुक्तानी भएकोमा ब्यवस्थापनलाई धन्यवाद दिए । बिमित श्रीमती खनालको उपचारको क्रममा गत असोज २१ गते मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण