दराजको सेल डे ११.११ ले तोड्यो सबैै रेकर्ड
काठमाडौं– नेपालको बृहत अनलाईन शपिङ साइट दराजले संसार कै सबै भन्दा ठुलो सेल ११.११ सफलता पूर्वक पुरा गरेको छ ।
दराजले पुरानो वर्षकै रेकोर्ड तोड्दै यसपाली १.५ लाख भन्दा बढी समानहरुको व्यापार देखेको छ जस्मध्ये ४० प्रतिशत विक्रेताबाट वितरणका लागि बुझाइसकेका छन् ।
यसपाली को ११.११ दराजले नेपाल भरी २४ भन्दा बढी शहरहरु बाट अर्डर पाएको छ । त्यसका साथ दराज एप र वेबसाइट मा ३.५ लाख भन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो जुन पोहोर को भन्दा ७५ प्रतिशत बढी हो । साथै सेल को बेला दराजको वेबसाइट मा ५२,३३,३४४ पेज भ्यू थियो ।
यसपाली को ११.११ मा ३००० भन्दा बढी बिक्रेता थिए र ५०,००० भन्दा बढी उपभोक्ता थिए । सबै भन्दा बढी व्यापार गर्ने ब्रान्डहरुमा शायोमी, सामसङ, एल जी, आडीडास, टाइटन, टीभीएस, सोनाम गियर्स, जे फिशर, र अन्य धेरै थिए। अभियान सुरु भएकै १–२ सेकेन्ड भित्रैमा अर्डर आउनुका र एक घण्टा मा ८००० भन्दा बढी अर्डरका साथ अझै धेरै रेकर्ड हरु यस वर्ष तोडियो ।
११.११ को मज्जा लुट्न नपाउनु भएका लागी दराजमा अझै कति बिक्रेताहरुले छूट को अफरहरु चलाइरहेका छन् र जो आफ्नो अर्डरलाइ कुरी राखेका छन् उनले दराज एपमा अर्डर चेक गर्न सक्नेछन् ।
अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा पहिलो चोटी ११.११ आयोजना गरेको थियो । अलिबाबाले यसपाली को ११.११ मा ३८ अरब डलर भन्दा बढी को व्यापार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण