घुस लिएको आरोपमा शाखा अधिकृतसहित ४ जना पक्राउ
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
आयोगले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत रु तीन हजार घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । आयोगले शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र घुस दिने रिकन्डिसन हाउसका किरण देउला, उत्तम विक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकीलाई पक्राउ गरेको हो । आयोगको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेपनि आज सार्वजनिक गरेको हो ।
यस्तै आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरीले जग्गाको नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु ६ हजार घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाको नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उनीहरुले घुस मागेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण