घुस लिएको आरोपमा शाखा अधिकृतसहित ४ जना पक्राउ
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
आयोगले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत रु तीन हजार घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । आयोगले शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र घुस दिने रिकन्डिसन हाउसका किरण देउला, उत्तम विक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकीलाई पक्राउ गरेको हो । आयोगको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेपनि आज सार्वजनिक गरेको हो ।
यस्तै आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरीले जग्गाको नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु ६ हजार घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाको नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उनीहरुले घुस मागेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक