जब पर्यो राति अनि बुढी ताती
एउटा चर्चित उखान छ, जब पर्यो राति अनि बुढी ताती । यो उखान ठ्याक्कै दशरथ रङ्गशालाको पुनर्निर्माणको कार्यशैलीमा लागू भएको छ ।
२०७२ सालमा गएकोे विनाशकारी भूकम्पमा रङ्गशालामा पनि क्षति पुगेको थियो । तर भूकम्प गएको चार वर्षमा पनि देशको एक मात्र अन्तर्राष्ट्रिय स्तरीय रङ्गशालाको पुनर्निर्माण अझै सकिएको छैन ।
विगत ४ वर्षदेखि विभिन्न बाहनामा पुनर्निर्माण कार्यलाई तीव्रता नदिएको एचसीडी नेपाल र सिम्यी चाइना कम्पनीले अहिले रातदिन नभनी काम गरिरहेका छन् ।
पुनर्निर्माण समयमा नसकिँदा दशरथ रङ्गशालामा विश्वकप २०२२ को फुटबल छनोटअन्तर्गत नेपाल र कुवेतबीच हुने भनिएको खेल हुन सकेन ।
आगामी मङ्सिर १५ देखि २४ गतेसम्म १३औँ दक्षिण एसियाली खेलकुद साग पनि नेपालमा आयोजना हुँदैछ । तर रङ्गशाला निर्माणको काम भने अहिलेसम्म पनि ‘जारी’ छ ।
मङ्सिर ८ गतेसम्म रङ्गशालाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको एचसीडी नेपालका म्यानेजिङ डाइरेक्टर उपेन्द्र बम बताए । ‘पुनर्निर्माणको कार्य दिनभरि रातभरि गरिरहेका छौँ । केहीले त राति १२ बजेसम्मै काम गरिरहेका छौँ,’ उनले भने, ‘राति रङ्गशालाको बत्ती बालेर काम गर्छौं ।’
रङ्गशाला निर्माण कार्यमा ४५ जना कामदार खटिएको उनले बताए । चीनबाट रङ्गशाला निर्माण कार्य लागि १ जना इन्जिनियर र ४ जना प्राविधिक ४ दिनभित्रमा नेपाल आउने समेत उनले बताए । मङ्सिर ८ गते दशरथ रङ्गशालाको पुनर्निर्माण कार्य सम्पन्न गर्नका लागि २० दिन अगाडि राति काम सुरु गरेको उनले बताए ।
तस्विरहरु : कृष्ण खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोड ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण
-
इरानको हमलाले इजरायलमा क्षति, तस्बिरहरू
-
फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ
-
८२ दिनपछि फेसबुकमा फर्किए रवीन्द्र, हिरासतमा लेखे ३५ कविता