जब पर्यो राति अनि बुढी ताती
एउटा चर्चित उखान छ, जब पर्यो राति अनि बुढी ताती । यो उखान ठ्याक्कै दशरथ रङ्गशालाको पुनर्निर्माणको कार्यशैलीमा लागू भएको छ ।
२०७२ सालमा गएकोे विनाशकारी भूकम्पमा रङ्गशालामा पनि क्षति पुगेको थियो । तर भूकम्प गएको चार वर्षमा पनि देशको एक मात्र अन्तर्राष्ट्रिय स्तरीय रङ्गशालाको पुनर्निर्माण अझै सकिएको छैन ।
विगत ४ वर्षदेखि विभिन्न बाहनामा पुनर्निर्माण कार्यलाई तीव्रता नदिएको एचसीडी नेपाल र सिम्यी चाइना कम्पनीले अहिले रातदिन नभनी काम गरिरहेका छन् ।
पुनर्निर्माण समयमा नसकिँदा दशरथ रङ्गशालामा विश्वकप २०२२ को फुटबल छनोटअन्तर्गत नेपाल र कुवेतबीच हुने भनिएको खेल हुन सकेन ।
आगामी मङ्सिर १५ देखि २४ गतेसम्म १३औँ दक्षिण एसियाली खेलकुद साग पनि नेपालमा आयोजना हुँदैछ । तर रङ्गशाला निर्माणको काम भने अहिलेसम्म पनि ‘जारी’ छ ।

मङ्सिर ८ गतेसम्म रङ्गशालाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको एचसीडी नेपालका म्यानेजिङ डाइरेक्टर उपेन्द्र बम बताए । ‘पुनर्निर्माणको कार्य दिनभरि रातभरि गरिरहेका छौँ । केहीले त राति १२ बजेसम्मै काम गरिरहेका छौँ,’ उनले भने, ‘राति रङ्गशालाको बत्ती बालेर काम गर्छौं ।’
रङ्गशाला निर्माण कार्यमा ४५ जना कामदार खटिएको उनले बताए । चीनबाट रङ्गशाला निर्माण कार्य लागि १ जना इन्जिनियर र ४ जना प्राविधिक ४ दिनभित्रमा नेपाल आउने समेत उनले बताए । मङ्सिर ८ गते दशरथ रङ्गशालाको पुनर्निर्माण कार्य सम्पन्न गर्नका लागि २० दिन अगाडि राति काम सुरु गरेको उनले बताए ।
तस्विरहरु : कृष्ण खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण