कालो बादल हट्ने पर्खाइमा थिएँ : खड्का
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले पदत्यागका लागि नेपाली क्रिकेटमाथिको कालो बदल हट्ने पर्खाइमा रहेको खुलासा गरेका छन् ।
टाइम्स नाउ न्यूजका लागि शुभयान चक्रवर्तीसँगको कुराकानीमा खड्काले आफूले टोलीको कप्तानी यसअघि नै छाड्न चाहे पनि नेपाली क्रिकेटमाथि अन्धकार छाएको बेला नछाडेको बताएका हुन् ।
‘म पछिल्लो १० वर्षदेखि नेतृत्व गरिरहेको थिएँ र नेपालको क्रिकेट संघ पछिल्लो साढे तीन वर्षदेखि निलम्बित थियो,’ कप्तान पारसले भनेका छन्, ‘म कालो बादल हट्ने पर्खाइमा थिएँ । म टोलीलाई अन्धकारमा छाड्न चाहन्न थिएँ । सबै कुरा सुल्झिएपछि मात्र अघि बढ्न चाहन्थे ।’
‘१० वर्ष लामो समय हो । अहिले सबै कुरा सुल्झिएपछि र सबै कुरा स्थिर भएपछि अरुले नै टोलीलाई अघि बढाओस् भन्ने चाहन्थे,’ खड्काले भनेका छन्, ‘नेपाली क्रिकेट टोलीको कप्तानी गर्न पाउनु मेरा लागि ठूलो गर्वको कुरा हो र यो कुरालाई म सधैँ सम्झनेछु ।’
खड्का हाल टी–१० लिग खेल्नका लागि अबुधावीमा रहेका छन् । उनी टीम अबुधावीसँग आबद्ध रहेका छन् ।
खड्काले अन्तरवार्तामा नेपालले एकदिवसीय खेलका लागि मान्यता पाएको क्षण आफ्नो करियरको सबैभन्दा अविस्मरणीय पल भएको बताएका छन् । त्यस्तै, विश्वकपका लागि छनौट भएको पल पनि आफूले कहिल्यै नबिर्सने बताए ।
खड्काले अबको १० वर्षमा नेपालले टेस्ट राष्ट्रको मान्यता पाएको हेर्ने आफ्नो सपना रहेको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण