कटहरिया बजार विस्तार हुने, सांसद साह र जग्गाधनीबीच सहमति
रौतहट । लामो समयदेखि साँघुरिँदै गएको रौतहटको कटहरिया बजार अब बिस्तार हुने भएको छ । साविकको हाटबजार लाग्ने स्थानभन्दा पूर्व तथा कटहरिया गाँउभन्दा दक्षिणपटीको खालिरहेको क्षेत्रमा बजार बिस्तार हुने भएको हो ।
पूर्वमन्त्री तथा रौतहट–३ का प्रतिनिधि सांसद प्रभु साह र बजारभन्दा पूर्वपटी जग्गा रहेका जग्गाधनीसँगको सहकार्यमा सो क्षेत्रमा बसोबासका लागि पुर्वाधार निर्माण गरिने सहमति भएको छ ।
कटहरिया बजारको विकासको निम्ति बजारक्षेत्रको बिस्तार आवश्यक रहेको महसुस गरि सांसद साहले सो क्षेत्रका जग्गाधनीलाई आ–आफनो जग्गामा प्लटिङ गरेर मुलसडकमा कच्ची बाटो निकाल्न आग्रह गरे ।
कटहरियास्थित सर्वपक्षीय बैठकमा सांसद साहले ‘स्मार्ट सिटीको अवधारणा अनुरुप बजार बिस्तारको प्रस्ताव राखेपछि जग्गाधनीहरु सहमत भएका थिए ।
कच्ची बाटोलाई नालासहित पक्की बाटो र विद्युतलगायतका सुविधाका लागि आफूले व्यवस्था गर्ने सांसद साहले बताएपछ सबै जग्गाधनी आआफनो जग्गामा आवश्यकता अनुसार बाटो निकाल्न तयार रहेको जग्गाधनी बिजय साह सोनारले बताए ।
बाटो नभएको कारण खेतजस्तो रहेको उक्त जग्गाको हालको मुल्य प्रतिकठा दुई लाख हुने र पक्की बाटो निर्माणपछि सोही जग्गाको मुल्य प्रतिकठा ८–१०लाख हुने भएकाले सबै जग्गाधनी बाटो निकाल्न र प्लटिङ गर्न तयार भएका छन् ।
नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले स्मार्ट बजार बनाउन मानिसको सोच पनि स्मार्ट हुनुपर्ने बताए । साथै उनले बाटोको ट्याक खुलेसँगै यही आर्थिक वर्षभित्र कटहरिया बजारक्षेत्र बिस्तारका लागी १० किलोमिटरसम्म बाटो कालोपत्रे गर्ने योजना रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण