अर्बौं सरकारी जग्गा भूमाफियाको कब्जामा, १४४ बिघा शृंखलाबद्ध रुपमा व्यक्तिको नाममा
आइतबार, ०१ मङ्सिर २०७६, ०६ : २६
भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवामा रहेको अर्बौं बराबरको झन्डै १ सय ४४ बिघा सार्वजनिक जग्गा शृंखलाबद्ध रुपमा व्यक्तिका नाममा दर्ता गराइएको खुलासा भएको छ ।
माफियाहरुले बर्दिया जिल्ला साविकको सोरहवा गाविस–८ मा रहेको कित्ता नम्बर ४४२ अन्तर्गत रहेको १४३ बिघा ९ कट्ठा पर्ती जग्गा वर्षौंसम्म योजनाबद्ध प्रयासबाट कित्ताकाट गरी विभिन्न व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो ।
बाँके साविक इन्द्रपुर गाविस ८ बस्ने गयाप्रसाद कुर्मी, उनका छोरा बर्दिया सोरहा–८ का सावितराम कुर्मी तथा मालपोत अधिकृतहरु मुक्तिबहादुर स्वाँर, शंकरप्रसाद भेटुवाल, नायब सुब्बा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धु्रवप्रसाद भण्डारीको मिलेमतोमा यो काम भएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण