सन्दिपको टोली कर्नाटकाको विजयी सुरुवात
नेपालका लेग स्पिनर सन्दिप लामिछानेको टोली कर्नाटका टुसकेर्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । आबु धाबीमा शनिबार राति भएको पहिलो खेलमा कर्नाटकाले दिल्ली बुल्सलाई १९ रनले हरायो ।
शेख जायद स्टेडियममा कर्नाटकाले दिएको एक सय ११ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको बुल्स १० ओभरमा आठ विकेटको क्षतिमा ९१ रनमा समेटिएको थियो । बुल्सका लागि एन्जेलो म्याथ्युले सर्वाधिक ३१ रन बनाए । कप्तान इयान मोर्गनले २१ रन बनाए । बुल्सलाई सस्तैमा समेट्न नाथन रिमिङटनले तीन विकेट लिए । पाट ब्राउन र अहमेद राजाले दुई दुई विकेट लिए । नेपालका सन्दिपले दुई ओभर बलिङ गर्दै एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो । कर्नाटकाका लागि उपुल थरंगाले सर्वाधिक ४८ रन बनाए । सफिक उल्लाहले ३४ र जोनसन चाल्र्सले १३ रन बनाए । सन्दिप सुन्य रनमा अविजित रहे । बुल्सका रबी रामपालले दुई विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण