दुई वर्षपछि फेरि बिल गेट्स बने विश्वकै सबैभन्दा धनी
एजेन्सी । माइक्रोसफ्टका सह–संस्थापक ६४ वर्षीय बिल गेट्स दुई वर्षपछि पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । सन् २०१७ को अक्टोबरमा गेट्सलाई पछि पारेका ५५ वर्षीय जेफ बेजोस शुक्रबार दोस्रो नम्बरमा खस्किएका हुन् ।
गेट्सको कूल सम्पत्ति ११० अर्ब डलर रहेको छ भने त्यहीँ बेजोसको कूल सम्पत्ति १०९ अर्ब डलर रहेको छ ।
विश्वका शीर्ष ५ धनी
१. बिल गेट्स, माइक्रोसफ्ट (अमेरिका) – ११० अर्ब डलर
२. जेफ बेजोस, अमेजन (अमेरिका) – १०९ अर्ब डलर
३. बर्नाड अरनाल्ट, एलवीएमएच (फ्रान्स) – १०३ अर्ब डलर
४. वारेन बफे, वर्कशायर हैथवे (अमेरिका) – ८६.६ अर्ब डलर
५. मार्क जकरवर्ग, फेसबुक (अमेरिका) – ७४.५ अर्ब डलर
स्रोत : नेटवर्थ ब्लूमबर्ग बिलेनियर इन्डेक्स
माइक्रोसफ्टको शेयरमा पछिल्लो दिन आएको बढावले गेट्सलाई फाइदा पुगेको छ । अमेरिकी रक्षा विभागले २५ अक्टोबरमा माइक्रोसफ्टलाई १० अब अर्ब डलरको क्लाउड कम्युटिङको करार दिने घोषणा गरेको थियो । त्यसपछि माइक्रोसफ्टको शेयरमा ४ प्रतिशतले वृद्धि भएको थियो । यस दौरान अमेजनमा शेयरमा २ प्रतिशतले गिरावट आएको थियो । माइक्रोसफ्टको सेयरमा यो वर्ष ४८ प्रतिशतले वृद्धि भइसकेको छ ।
जेफ बेजोसले आफ्नो पूर्व पत्नी म्याकेन्जीसँग सम्बन्धविच्छेदको घोषणा जनवरीमा गरेका थिए । अप्रिलमा भएको सेटलमेन्ट अनुसार बेजोसले आफ्नो शेयरको २५ प्रतिशत म्याकेन्जीलाई दिए । म्याकेन्जीको शेयरको अहिले मूल्य ३५ अर्ब डलर रहेको छ । यो सेयर बेजोससँग भएको भए उनको कूल सम्पत्ति १४४ अर्ब डलरको हुन्थ्यो । र, अहिले पनि विश्वको धनी व्यक्ति हुन्थे ।
यता, गेट्सले पनि सन् १९९४ देखि परोपकारको काममा दान दिँदै आएका छन् । बिल एन्ड मिरान्डा गेट्स फाउन्डेसनबाट उनले परोपकारको काममा सहयोग गर्दै आएका छन् । उनले हालसम्म दान दिएको रकम जोड्ने हो भने गेट्सको सम्पत्ति १४५ अर्ब डलर हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण