कम्पनी टाट पल्टियो : अनिल अम्बानीले दिए राजीनामा
आइतबार, ०१ मङ्सिर २०७६, ०९ : ०२
एजेन्सी । भारतीय व्यवसायी अनिल अम्बानीले रिलायन्स कम्युनिकेसन्स (आरकम) को निर्देशक पदबाट राजीनामा दिएका छन् । कम्पनीले शनिबार रेगुलेटरी फाइलिङमा यसको जानकारी दिएको हो ।
अम्बानीसँगै छाया विरानी, रायना करानी, मञ्जरी कक्कड र सुरेश रंगचरले पनि निर्देशक पदबाट राजीनामा दिएका छन् ।
आरकमले बीएसईलाई निर्देशक र सीएफओ पदबाट श्री मणिकान्तन वी ले पछिल्लो महिना नै राजीनामा दिएको जानकारी पनि गराएको थियो । यो सबै राजीनामा कम्पनीको कमिटी र क्रेडिटर्सको अगाडि राखिनेछ ।
आरकमको यतिबेला खारेजीको प्रक्रियामा रहेको छ । कम्पनीले जुलाई–सेप्टेम्बर त्रैमासिकमा ३० हजार १४२ करोड रुपैयाँ घाटा बेहोरेको शुक्रबार जनाएको थियो । कुनै पनि भारतीय कम्पनीले त्रैमासिकमा बेहोरेको दोस्रो ठूलो घाटा हो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

