नायक विक्की कौशलले २२ लाखको घडी लगाएको देखेर प्रशंसक चकित
बलिउड नायक विक्की कौशलको अभिनयबाहेक उनको नयाँ घडीले पनि प्रशंसकको ध्यान खिचेको छ । हालै सेयर भएको एक तस्बिरमा विक्कीले ओक्टो फिनिसिमो स्केलेटन घडी लगाइरहेको देखिएका छन् । यो घडीको मूल्य लाखौंमा पर्छ । २२ लाख ८० हजार भारु पर्ने यो घडीको मूल्यमा एउटा एसयूवी किन्न सकिन्छ । हालै फिल्मनिर्माता रोहित शेट्टीले पनि ३ करोड मूल्यको लेम्बोर्गिनी कार खरिद गरेका थिए ।
‘सरदार ऊधम सिंह’ को तयारीमा व्यस्त विक्की कौशलले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टबाछ एउटा स्टाइलिश तस्बिर सेयर गरेका छन् । तस्बिरमा नायक ब्लेजर र स्वेटरसहित २२ लाख भारु पर्ने घडी लगाइरहेको देखिएका छन् । फोटो सार्वजनिक भए लगत्तै यसमा प्रशंसकले कमेन्ट गर्न सुरु गरेका छन् । यो फोटो उनले म्यागजिन कभरका लागि खिचेका थिए ।
यसै वर्ष रिलिज भएको ‘उरी–द सर्जिकल स्ट्राइक’ ले बलिउड बक्स अफिसमा निकै राम्रो कमाई गरेको थियो । अहिले नायक आफ्नो आगामी फिल्म ‘सरदार ऊधम सिंह’, ‘भूत’ र मनेकशांको बायोपिक गर्न व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण