पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षका भाई गोतवया बने श्रीलंकाका नयाँ राष्ट्रपति
एजेन्सी । श्रीलंकाको आठौं राष्ट्रपतीय निर्वाचनमा गोतबया राजापाक्षले जीत हासिल गरेका छन् । श्रीलंकाको बहुसंख्यक सिन्हाला समुदायमाझ लोकप्रिय राजापाक्षेले नरमपन्थी सजिथ प्रेमदासालाई उछिनेका हुन् ।
वर्तमान सरकारमा आवास मन्त्री रहेका सजिथ प्रेमदासाले एक वक्तव्य जारी गर्दै आफ्नो हार स्वीकार गरेका छन् । प्रेमदासाले ‘जनताको निर्णयलाई सम्मान’ गर्ने वक्तव्यमा बताएका छन् । मतपरिणाममा ७० वर्षका राजापाक्षले पहिले आशा गरिएजस्तै सिन्हाला वौद्ध बहुसंख्यकबाट धेरै मत पाएको देखिएको छ । तर अल्पसंख्यकहरुको सघन बसोबास रहेको क्षेत्रमा भने राजापाक्षले निक्कै कम मत पाएका छन् ।
यसले राजापाक्षेप्रति अल्पसंख्यकमा कायम संशयलाई देखाउँछ । तमिल विद्रोहीहरुसँग गृहयुद्ध चरम अवस्थामा हुँदा गोतबया रक्षा सचिवको महत्वपूर्ण जिम्मेवारीमा थिए । त्यस समय उनका दाई महिन्द्रा राजापाक्षे भने राष्ट्रपति थिए ।
अल्पसंख्यक तमिल र मुसलमान समुदायमा भने गोतबयाको उग्र–वौद्ध राष्ट्रवादले गर्दा कठिनाई हुने होकि भन्ने चिन्ता व्याप्त रहेको विश्लेषकहरुले बताएका छन् ।
गोतबया राजापाक्षेले चुनावी प्रचारको समयमा आफ्नो शासनमा राष्ट्रिय सुरक्षालाई जोड दिने बताएका थिए । गोतबयाले चुनावी ¥यालीको क्रममा आफ्ना दाई महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्री चुन्ने वाचा गरेका थिए ।
त्यस्तै उनले गृहयुद्धकालीन समयमा मानवअधिकार हनन्को आरोप लागेर जेलमा रहेका सेना कमाण्डरलाई रिहा गर्ने बताएका छन् ।
कयैन विज्ञले राजापाक्षेको जितले श्रीलंकामा पुनः धार्मिक र जातीय तनाव चर्कने होकि भन्ने चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण