भीमफेदी कारागारका जेलर र उनकी पत्नीविरुद्ध मुद्दा
काठमाडौँ– कारागार कार्यालय भिमफेदी मकवानपुरका जेलर चिरञ्जिवी थापा र उनकी पत्नीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापा र उनकी पत्नी गोमा कट्टेल थापाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगकाअनुसार थापाले सार्वजनिक सेवामा प्रवेश गरेदेखि गत आर्थिक वर्षसम्म आर्जन गरेको वैध आयको तुलनामा सम्पत्ति सिर्जना र विविध खर्च कटाउँदा एक करोड १३ लाख ६० हजार चार सय १० रुपैयाँ ९५ पैसाको स्रोत नखुलेको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
जेलर थापाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति आफू लगायत आफ्नी पत्नी गोमा कट्टेल थापाको नाममा दर्ता कायम हुने गरी खरिद गरी राखेको भन्दै आयोगले गोमालाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
आयोगले थापाविरुद्ध एक करोड १३ लाख ६० हजार चार सय १० रुपैयाँ ९५ पैसा बिगो कायम गरी बिगो बमोजिम जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाए । उनका अनुसार अभियोगपत्रमा स्रोत खुल्न नसकेका उनका सम्पत्ति जफत गर्नसमेत माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण