प्रदेशलाई बलियो नबनाए संघीयता रहँदैन : मुख्यमन्त्री पोखरेल
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश बलियो नभए संघीयता नै नरहने दाबी गरेका छन् । आइतबारदेखि लुम्बिनीमा सुुरु भएको ‘बुद्ध जन्मस्थलमा लुम्बिनी न्युज फेस्टिवल २०७६’को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलल भने, ‘प्रदेशको ढांचा र अधिकार विनाको संघीयता नै होइन ।’
संघीयताको बिषयमा मुलुकमा अझै पनि गलत सन्देश दिने कोशिस भैरहेको भन्दै सकारात्मक बिचारका साथमा अघि बढ्न उनको आग्रह छ । यस्तै उनले लुम्बिनी विश्वभरका मानिसहरुको लागि शान्तिको साझा थलो समेत भएको बताए । ‘ज्ञानकै कारण बुद्ध बुद्ध बन्नु भएको हो । बुद्धको जन्मस्थली नै बुद्धिज्मको मूल आधार हो,’ उनले भने ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले समाचारका केन्द्र स्थानीय तह भएको बताए । प्रेस क्लवको आयोजनामा लुम्बिनीमा न्युज फेष्टिवल सुरु भएको हो । देशभरका पत्रकारहरुको सहभागिता रहेको न्युज फेष्टिवल पहिलो पटक आयोजना गरिएको हो । कार्यक्रममा लुम्विनी प्रेस क्लवका सल्लाहकार तथा कार्यक्रम संयोजक दिपेन्द्र वडुवालले पत्रकारिताको यसले पुलको काम गर्न बताए ।
उनले बुद्ध सक्रिट र प्रदेश सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष र नेपाल पर्यटन भ्रमण वर्षलाई समेत सघाउ गर्ने अभियानको रुपमा न्युज फेष्टीवल आयोजना गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण