नक्कली बिल प्रयोग गरेर राजस्व छल्ने धमाधम पक्राउ
काठमाडौँ । नक्कली बिल बिजक बनाएर राजस्व छली गर्ने विरुद्ध पछिल्लो समय राजस्व अनुसन्धान विभागले आक्रामक तरिकाले अनुसन्धान थालेको छ । २ वटा फर्म र ३ जना व्यक्ति विरुद्ध नक्कली बिल प्रयोग गरी राजस्व छलेको भन्दै विभागले अदालतमा मुदा दायर गरेको छ । उनीहरुले १ करोड ७४ लाख २१ हजार कर छली गरेको आरोप छ ।
अम्बेल इन्टरप्राइजेजका प्रोपाइटर विनिता दुवाडीले १ करोड २८ लाख ७६ हजार राजस्व छली गरेको खुलेको छ । गोरखा हंसपुर गाविसको स्थायी बासिन्दा दुवाडीले नक्कली मूल्य अभिबृद्धिकर मात्र खरिद गरी राजस्व चुहावट गरेको देखिएको छ ।
यता सुसज्जित इन्टरप्राइजेजका प्रोपाइटर सरस्वती गौतम र उनका श्रीमान रामशरण गौतमलाई झुट्टा विजक खरिद गरेर ४५ लाख ४५ हजार राजस्व छलि गरेको भन्दै काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरु विरुद्ध विगोको दोब्बर जरिवाना र ३ वर्ष कैद सजायको माग सहित अदालतमा मुद्दा दायर भएको हो ।
यता झापाको साकम्बरी प्रोडक्टका प्रोपाइटर सहित ५ जनालाई राजस्व चुहावटको आरोपमा जिल्ला अदालत झापामा मुद्दा दायर गरिएको छ । साकम्बरी प्रोडक्टले उत्पादन गरेको गुट्खाजन्य वस्तुहरु योजनाबद्ध रुपमा माधव इन्टरप्राइजेज समेतको सहभागीमा अन्तशुल्क स्टिकर नलगाई बिक्रि वित्तरण गरी राजस्व छली गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
साकम्बरीका प्रोपाइटर मुकेश शर्मा, सुपरभाइजर विष्णु प्रसाद खरेल, एसएस इन्टरप्राइजेजका प्रोपाइटर रामकृष्ण शर्मा, सुपरभाइजर सदन सिंह तथा माधव इन्टरप्राइजेजका सिताराम शर्मा र सावारीधनी आशिष शर्माको मिलेमतोमा राजस्व छली गरेको आरोप छ । उनीहरुले ३६ करोड ५५ लाख ६३ हजार ३ सय ३७ रुपैयाँ राजस्व छली गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण