रूसद्वारा नियन्त्रणमा लिइएका यूक्रेनी पानीजहाज फिर्ता
मस्को– रूसले एक बर्ष पहिले क्रिमिया क्षेत्रबाट कब्जामा लिएका यूक्रेनी पानीजहाजलाई सोमबार फिर्ता गरेको छ । ‘सन् २०१८ को नोभेम्बरमा यूक्रेनी सामुद्रिक क्षेत्र पार गरी रूसी क्षेत्रमा पुगेपछि रूसको नियन्त्रणमा रहँदै आएका यूक्रेनी नौसेनाका तीन पानीजहाजलाई रूसले सोमबार सम्बन्धित अधिकारीको रोहबरमा फिर्ता गरेको छ,’ रूसी विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि यसबारे यूक्रेनी पक्षले कुनै प्रतिक्रिया दिएको छैन । रूस र यूक्रेन छुट्याउने एजोज समूद्रको सीमा क्षेत्र (केर्च स्ट्रेट) बाट गैरकानूनी रूपमा सीमा पार गरेको भन्दै रूसी सेनाले गत बर्ष ती जहाजलाई नियन्त्रणमा लिएको थियो ।
कब्जामा लिइएका पानीजहाज हस्तान्तरणमा रूसी तथा यूक्रेनी सेनाका उच्च अधिकारी तथा विदेशमन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको मस्को स्रोतले जनाएको छ । –एएफपी/Photo: Retures
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण