ट्रम्पको सन्देशमा किम जोङको यस्तो जवाफ, देखियो नकारात्मक संकेत
सोमबार, ०२ मङ्सिर २०७६, २२ : २४
सोल।आणविक कार्यक्रमबारे नयाँ छुट नहुँदासम्म अमेरिका र उत्तर कोरियाबीच शिखरवार्ताका लागि प्योङ्याङको ‘चाहना नरहेको’ उत्तर कोरियाली अधिकारीले बताएका यहाँको राज्य सञ्चालित समाचार संस्था (केसीएनए) ले सोमबार लेखेको छ ।
केसीएनएले नेता किम जोङ–अनलाई उद्धृत गरी भनेको छ, ‘उत्तर कोरिया त्यस्ता वार्ताका लागि ‘इच्छुक हुन असमर्थ बन्ने छ’, जसले हामीलाई केही फाइदा हुँदैन ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई सङ्केत गर्दै आइतबार लेखेको एक ट्वीटर सन्देशको जवाफमा नेता किमको उक्त भनाई आएको हो ।
ट्रम्पको सन्देशमा लेखिएको थियो, ‘सम्झौता गर्नका लागि तपाईं शीघ्र कदम चाल्नुहुनेछ । छिट्टै भेटौँला ।’ -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन
-
काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने, आवेदन आह्वान
-
जलवायु परिवर्तनका कारण जोखिममा मानव स्वास्थ्य
-
लुम्बिनी प्रदेशमा ९ महिनामा ६४ जनाको हत्या, अधिकांश घटना चिनजानेका व्यक्तिबाट
-
सत्तारुढ दलको बैठक बोलाउने प्रधानमन्त्रीको तयारी
-
९ वर्षदेखि पक्की पुल निर्माण अलपत्र, काठेपुल बनाएर मोटर तार्छन् मनाङी