पाँच वर्षे बालकले स्कूलमा लागुऔषध लगे, बुवा पक्राउ

पाँच वर्षे बालकले किन्डरगार्टेनमा कोकिन लगेको र यसले आफूलाई स्पाइडर म्यान भएजस्तो महसुस गराउने बताएपछि बालकका बुवालाई पुलिसले पक्राउ गरेको छ ।
ती बालकले अमेरिकाको म्यासाचुसेट्समा रहेको लरेन्स एलिमेन्ट्री स्कूलमा गत बिहिबार कोकिनको सानो प्याकेट लगेको लेफ्टिनेन्ट जिम अल्बर्टले जानकारी दिए ।
अल्बर्टले भने, ‘ती बालकले कोकिन देखाउँदै मुखमा त्यो हाल्नेबित्तिकै आफूलाई स्पाइडर म्यान भएको महसुस गराउने बताएका थिए ।’
कोकिनको उक्त सानो प्याकेटमा स्पाइडर म्यानको चित्र पनि टाँसिएको थियो । ती शिक्षकले यसबारे स्कूलका प्रधानाध्यापकलाई यसबारे जानकारी दिएपछि उनले तत्काल प्रहरी बोलाएका थिए ।
पुलिसले एम्बुलेन्स बोलाएर बालकलाई अस्पताल पुर्याएको छ । यद्यपि, उक्त लागुऔषधको प्याकेट फुटाइएको थिएन ।
त्यसपछि पुलिस ती बालकको घरमा जाँदा उनका बुवा बेनी ग्रासियालाई सुतिरहेको अवस्थामा भेटे । उनीसँग कोकिनका ३८ ब्याग र हिरोइनका ७० वटा ब्याग पनि भेटिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा चलचित्र निर्माण कार्यशाला सम्पन्न
-
समलिङ्गी जोडीको पुनर्मिलन, विवाह दर्ता
-
मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध कायम
-
डाक्नेश्वरी नगरपालिकामा स्ट्रीट लाइट खरिदमा अनियमितता
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
प्रधानमन्त्री आफैँ ऐन महर बचाउन लाग्नु भएको छ : रश्मिला धामी