पाँच वर्षे बालकले स्कूलमा लागुऔषध लगे, बुवा पक्राउ
पाँच वर्षे बालकले किन्डरगार्टेनमा कोकिन लगेको र यसले आफूलाई स्पाइडर म्यान भएजस्तो महसुस गराउने बताएपछि बालकका बुवालाई पुलिसले पक्राउ गरेको छ ।
ती बालकले अमेरिकाको म्यासाचुसेट्समा रहेको लरेन्स एलिमेन्ट्री स्कूलमा गत बिहिबार कोकिनको सानो प्याकेट लगेको लेफ्टिनेन्ट जिम अल्बर्टले जानकारी दिए ।
अल्बर्टले भने, ‘ती बालकले कोकिन देखाउँदै मुखमा त्यो हाल्नेबित्तिकै आफूलाई स्पाइडर म्यान भएको महसुस गराउने बताएका थिए ।’
कोकिनको उक्त सानो प्याकेटमा स्पाइडर म्यानको चित्र पनि टाँसिएको थियो । ती शिक्षकले यसबारे स्कूलका प्रधानाध्यापकलाई यसबारे जानकारी दिएपछि उनले तत्काल प्रहरी बोलाएका थिए ।
पुलिसले एम्बुलेन्स बोलाएर बालकलाई अस्पताल पुर्याएको छ । यद्यपि, उक्त लागुऔषधको प्याकेट फुटाइएको थिएन ।
त्यसपछि पुलिस ती बालकको घरमा जाँदा उनका बुवा बेनी ग्रासियालाई सुतिरहेको अवस्थामा भेटे । उनीसँग कोकिनका ३८ ब्याग र हिरोइनका ७० वटा ब्याग पनि भेटिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण