जडीबुटीबाट राधेराधेसम्म सोलार बत्ती राख्न शुरु
काठमाडौं– अरनिको राजमार्ग खण्डमा रहेको छ लेन सडकको जडीबुटी मनोहरा पुलदेखि मध्यपुरथिमिको राधेराधेसम्म सोलार बत्ती राख्ने कामको शुभारम्भ भएको छ । ‘उज्जालो, सफा र हराभरा भक्तपुर’ भन्ने नारालाई सार्थक बनाउने क्रममा पहिलो चरणमा मनोहरा पुलबाट सूर्यविनायकसम्म हरियाली अभियान सफल भएपछि सडक उज्यालो बनाउने काम शुरु भएको छ ।
भक्तपुरमा अरनिको राजमार्गलाई सधैँ उज्यालो र हरियाली बनाउन मनोहरादेखि राधेराधेसम्म ४२१ वटा सोलार बत्ती राख्ने कार्यको शुभारम्भ भएको हो । मध्यपुरथिमि नगरपालिकाको सहयोगमा एएमपिएम कम्पनीले आजबाट यो सडकमा सोलार बत्ती राख्न शुरु गरेको छ ।
बत्ती जडानको पहिलो चरणमा राधेराधेसम्म र दोस्रो चरणमा सूर्यविनायक नगरपालिका क्षेत्रमा सोलार बत्ती राखिने भएको छ । यस सडकमा राखेको एकवटा सोलार बत्तीको करिब रु एक लाख पर्ने बताइएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक आइलाइन र डिरेक्सन बोर्डसमेत राखिने भएको छ ।
सडक बत्ती जडान शुरु भएपछि सांसद महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको टोलीले आज अनुगमन र निरीक्षण गरेका छन् । सांसद बस्नेतले काठमाडौँ उज्यालो सहरको रुपमा रहेको तर भक्तपुर सँधै अध्यारो सडकको रुपमा रहँदा रात्रिमा पनि दुर्घटना बढेको बताउँदै अब भक्तपुरका सडक पनि सधैँ उज्यालो हुने बताए ।
सांसद बस्नेतले भने, ‘अरनिको राजमार्गलाई हरियाली र सौन्दर्य बनाउन वातावरण विभागको सहयोगमा बेल्जियमको दुबो लगाई हरियाली बनाउने कार्य भएको छ, अब अरनिको राजमार्गलाई सोलार बत्तीबाट उज्यालो बनाई उज्यालो भक्तपुरको अभियान पनि पूरा गर्दैछौं, सफा राजमार्गका लागि हनुमन्ते सफाइ अभियानबाट हरेक साता राजमार्ग सफाइ गर्दै आएका छौं ।’ कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख श्रेष्ठले सोलार बत्ती र हरियाली बनाउने कार्य राम्रो भएको र यसको संरक्षण गर्नु महत्वपूर्ण कार्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण