हलिउडको ‘जोकर’ सँग किन मिल्यो ‘सेल्फी किङ’को फष्टलुक ?
काठमाडौं । फिल्म ‘सेल्फी किङ’ले मंगलबार सार्वजनिक गरेको फष्टलुकलाई चोरीको आरोप लागेको छ । फिल्मको उक्त पोष्टरलाई लिएर अहिले सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुबै खालका टिप्पणी हुन थालेका छन् । आउँदो माघ २४ गते प्रदर्शन मिति तोक्दै निर्माण युनिटले विपिन कार्की समेटिएको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको थियो । उक्त पोष्टर हलिउड फिल्म ‘जोकर’ सँग मिल्दोजुल्दो छ ।
ओठमा लिपिस्टिक, आँखामा लत्पतिएको गाजल र लामो कपालमा देखिएका विपिनको यो लुक्स ‘जोकर’को मुख्य पात्र वाकिन फिनिक्ससँग मिल्दो छ ।
‘जोकर’का पात्रसँग विपिनको लुक्स मिलेको भन्दै आलोचना भइरहँदा कतिपयले ‘सेल्फी किङ’को कथा पनि चोरिएको हुनसक्ने शंका व्यक्त गरेका छन् । ‘सेल्फि किङ’को पोष्टर ‘जोकर’ सँग मिलेको भन्दै आलोचना हुन थालेपछि यसका निर्माता मध्येका एक दिनेश राउतले फेसबुकमा स्टाटस लेख्दै ‘सेल्फी किङ’ को फस्टलुक पोस्टरलाई लिएर भएको सकारात्मक र नकारात्मक टिकाटिप्पणी प्रति पनि आभार व्यक्त गरेका छन् ।
‘फिल्मको फष्टलुक फिल्मको विषयवस्तुमा आधारित रहने निर्माण भएको हो’ उनले भनेका छन् ‘‘जोकर’ बाट प्रभावित भएर फिल्म बनाइएको भने होइन ।’एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथामा निर्माण भएको ‘सेल्फी किङ’ मा विपिनको अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण