विद्युतीय ट्याक्सी समेटेर नयाँ मापदण्ड तयार, शुक्रबारदेखि कार्यान्वयनमा

यातायात व्यवस्था विभागले पहिलोपटक विद्युतीय ट्याक्सीलाई समेटेर ट्याक्सीको नयाँ मापदण्ड तयार गरेको छ । आगामी दिनमा नयाँ ट्याक्सीको दर्ता खुले विद्युतीय ट्याक्सीसमेत दर्ता गर्न पाउने गरी १२०० सीसीभन्दा कम क्षमताका इन्धनबाट चल्ने ट्याक्सी सञ्चालन गर्न नपाइने व्यवस्थासहित मापदण्ड तयार पारिएको हो ।
मापदण्ड तयार भइरहेकाले शुक्रबारसम्म कार्यान्वयनमा ल्याउने तयारी विभागको छ । नयाँ मापदण्ड तयार भइसकेकाले शुक्रबारसम्म कार्यान्वयनमा ल्याउँछौं,’ विभागका महानिर्देशक गोगनबहादुर हामालले भने ।
उनका अनुसार सामान्य गाडीमा हुने सबै विशेषता, उच्च इन्जिन क्षमता र गाउन्ड क्लीरेन्स, भित्री भागमा ठूलो स्पेस, अनिवार्य सुरक्षा फिचर्स, विभिन्न स्मार्ट प्रणाली, एसी लगायतको सुविधासहित यात्रा गर्ने सहज हुने गरी ट्याक्सीको नयाँ मापदण्ड तयारी गरिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन