अनिल कपुरले छोरी सोनमको तारिफ गर्दै भने, ‘विवाहपछि उनले खाना बनाउन सुरु गरेकी छिन्’
अनिल कपुरले उनकी छोरी सोनम कपुरले विवाहपछि खाना बनाउन सुरु गरेको बताएका छन् ।
भारतीय मिडियासँगको एक अन्तर्वार्तामा आनन्द आहुजासँग विवाह गरेपछि सोनमको जीवनमा के परिवर्तन देखिएको छ भनेर प्रश्न सोध्दा उनले जवाफ दिए, ‘उनले लण्डनमा खाना बनाउन सुरु गरेकी छिन् । अहिलेसम्म मैले उनले बनाएको कुनै पनि खाना चाखेको छैन तर सुनेको छु कि उनले निकै मिठो खाना बनाउँछिन् ।’
छोरीहरुको पार्टनरसँग साथीजस्तो सम्बन्धः
अनिल कपुरले कुराकानीमा आफ्नो दुई छोरीहरुको पार्टनरसँगको सम्बन्धबारे पनि कुराकानी गरे । उनी भन्छन्, ‘मलाई मेरो र आनन्दको सम्बन्धमा सबैभन्दा राम्रो लाग्ने कुरा हामीबीचको दोस्ती हो । रियाका प्रेमी करण (बूलानी) सँग पनि मेरो साथीजस्तो सम्बन्ध छ ।’
छोरीहरुले आमाबाट पार्टी होस्ट गर्न सिकेः
अनिलले भने, ‘यो वर्ष दिवाली निकै राम्रो रह्यो । गत वर्ष हामी लण्डनमा थियौं र सोनमको नयाँ घरमा यो चाड मनाएका थियौं । त्यो वर्ष श्रीजी (श्रीदेवी) ले हामीलाई छोएर गएकी थिइन् त्यसकारण घरमा सानो पूजा मात्रै राखेका थियौं । यो वर्ष आनन्द र सोनम भारतमै थिए त्यसकारण हामीले ठूलो पार्टीको आयोजना गर्यौं । यो सोनम र रियाले होस्ट गरेका थिए । मेरी श्रीमती (सुनिता) निकै राम्रो होस्ट हुन् र मलाई लाग्छ कि छोरीहरुले पनि उनैबाट यस्तो गर्न सिकेका हुन् ।’
सोनम लण्डनमा जाँदा आफूलाई उनको निकै याद आउने अनिलले बताए । स्मरण रहोस्, सन् २०१८ मेमा दिल्लीका व्यवसायीसँग सोनमको विवाह भएको थियो । त्यसपछि यो जोडी लण्डन सरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण